अजय देवगनको फिल्म दृश्यमका निर्देशकको निधन

डिसी नेपाल
२ भदौ २०७७ ११:५३

मुम्बइ। दृश्यम, मदारी, रकी ह्याण्डसम जस्ता बलिउड फिल्मका निर्देशक निशिकान्त कामतको निधन भएको छ । ५० वर्षका कामतले सोमबार साँझ हैदराबादको एक निजी अस्पतालमा अन्तिम सास फेरे । उनको निधनको पुष्टि दृश्यमका मुख्य अभिनेता अजय देवगनले ट्वीटरमार्फत गरेका छन् । उनले लेखेका छन् ‘निशिकान्तसँग मेरो समीकरण दृश्यम फिल्मको मात्र होइन । यो एक सहकार्य थियो जसलाई म सम्मान गर्छु । उनी उज्वल थिए र सधैं मुस्कुराउँथे । उनी धेरै छिटो गए । रेस्ट इन पीस निशिकान्त ।’

५० वर्षका निशिकान्त लिभर सिरोसिस नामको रोगबाट पीडित थिए । यही कारण उनलाई ३१ जुलाइमा हैदराबादको गचीबोवलीस्थित एआइजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कमलपित्त र पेट दुख्ने समस्या थियो । ३१ अगष्टमा अस्पतालले जारी गरेको बयानमा उनलाई खतरामुक्त बताइएको थियो । यद्यपि त्यतिबेला पनि उनी आइसीयूमा डाक्टरको निगरानीमा थिए । सोमबार अस्पतालले आधिकारिक बयान जारी गरेर उनको निधनको खबर दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.