कोरोना संक्रमित भएर ४ दिनअघि मात्र ठिक भएका भारतीय गृहमन्त्री फेरि अस्पताल भर्ना
नयाँ दिल्ली। कोरोनाभाइरसबाट संक्रमित भएर ५ दिनअघि मात्र निको भएका भारतीय गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन् । उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना गरिएको छ । एम्सका निर्देशक डा. रणदीप गुलेरियाको नेतृत्वमा डाक्टरको एक टिमले उनको निरन्तर निगरानी गरिरहेको बताइएको छ । आज बिहान २ बजे उनलाई अस्पताल भर्ना गरिएको हो ।
एम्सका अनुसार उनको स्थिति स्थिर छ । उनलाई सास सम्बन्धि समस्या भएको बताइएको छ । समाचार एजेन्सी एम्सका अनुसार उनले अस्पतालबाटै काम गरिरहेका छन् । यसअघि कोरोना संक्रमित भएर मेदांता अस्पतालमा भर्ना भएका शाह १४ अगष्टमा मात्र संक्रमण मुक्त भएका थिए । उनले स्वयं ट्वीट गरेर यसको जानकारी दिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment