नेपालीलाई एकताबद्ध गराउन घिमिरेको अतुलनीय योगदान छः मुख्यमन्त्री पौडेल

डिसी नेपाल
२ भदौ २०७७ २२:०७

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली साहित्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको अतुलनीय योगदान रहेको बताएका छन्। घिमिरेको निधनमा आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री पौडेलले राष्ट्रकवि घिमिरेले पु¥याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले साहित्यका माध्यमले सम्पूर्ण नेपालीलाई एकताबद्ध गराउन तथा कविताका माध्यमबाट राष्ट्र र राष्ट्रियतासंँगै नेपाली मैलिकतालाई जीवन्त राख्न १०१ वर्षे जीवनकालमा घिमिरेले अतुलनीय योगदान दिएको जनाउँदै उनिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.