मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाद्वा पक्राउ
माली (एजेन्सी)। अफ्रिकी मुलुक मालीका सेनाले त्यहाँका राष्ट्रपति राष्ट्रपति इब्राहिम बोउबकर केइटा र प्रधानमन्त्री बोउबु सिसलाई पक्राउ गरेको छ।अफ्रिकन युनियनका प्रमुख मौसा फकी महामतले मंगलबार सेनाले मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले पक्राउ गरेकोमा ट्वीटरमार्फत कडा शब्दमा निन्दा गरेका छन्।
उनले विद्रोहीहरुलाई सबै हिंसाको प्रयोग बन्द गर्न आग्रह गरेका छन्। र अन्तर्राष्ट्रिय समुदायलाई कुनै पनि शक्तिको प्रयोगको विरोध गर्न भनेका छन्।
मंगलबार राजधानीको स्वतन्त्रता स्मारक वरपर बामकोमा प्रदर्शन समेत भएको छ। मालीका न्यायमन्त्रीको स्वामित्वमा रहेको एउटा भवनमा आगो लगाइएको छ भने त्यहाँ लुटपाट पनि गरिएको छ।
मंगलबार बिहान राजधानी शहरको बाहिर १५ किलोमिटर टाढा रहेको सैनिक शिविरमा विद्रोहको प्रयासको खबर आएको थियो। कूटनीतिक स्रोतको हवला दिँदै सीएनएनले त्यहाँ सैनिक शिविरमा विद्रोह भएको जनाएको छ। कूटनीतिक स्रोतलाई त्यहाँका स्थानीय अधिकारीहरूले यो विषयमा जानकारी दिएका थिए।
देशको शीर्ष संवैधानिक अदालतले विवादास्पद संसदीय चुनावको परिणामलाई खारेज गरेपछि ७५ वर्षीय राष्ट्रपति केइटाले गएको मे महिनादेखि बढ्दो असन्तुष्टि सामना गर्नुपरेको थियो।







डिसी नेपाल








Facebook Comment