सुशान्त सिंह राजपुतको मृत्युः सर्वोच्च अदालतले आज गर्नेछ रियाको भविष्यको फैसला
काठमाडौं। बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्यु मामिलामा भारतको सर्वोच्च अदालतले बुधवार रिया चक्रवर्तीको याचिकामा फैसला सुनाउनेछ। रियाले पटनामा दर्ता भएको एफआइआरलाई मुम्बईमा स्थानान्तरण गर्न अपिल गरेकी छिन् ।
रियाले सर्वोच्च अदालतलाई मुम्बई पुलिसले सुशांत सिंह राजपूतको मृत्युको बारेमा छानबीन गरिसकेको र उनले पुलिसमा पनि आफ्नो बयान रेकर्ड गरिसकेको बताउँदै यही विषयमा पुनः पटनामा अनुसन्धान हुनु जरुरी नभएको भन्दै मुद्दा मुम्बइ सार्न अपिल गरेकी हुन् ।
रियाले आफूलाई सुशांतको प्रेमिका भन्छिन् तर सुशांतका बुबाले छोराको रियाका कारण मृत्यु भएको आरोप लगाएका छन। सुशांतका बुबाले रियाको विरुद्ध जुलाई २ मा पटनाको राजीव नगर पुलिस स्टेशनमा एफआईआर दर्ता गरेका छन् ।
यो केस सीबीआईलाई हस्तान्तरण गरिएको छ, जसले एफआईआर दर्ता गरी अनुसन्धान शुरू गर्योे। यस अघि बिहार प्रहरीले एउटा मुद्दा दर्ता गरेको छ। रिया चक्रवर्तीले पनि यस मुद्दाको क्षेत्राधिकारमाथि प्रश्न उठाईरहेकी छिन् । अब सर्वोच्च अदालतले कसले अनुसन्धान गर्ने निर्णय गर्नेछ।
यसअघिको सुनुवाईमा सर्वोच्च अदालतले निर्णय सुरक्षित गरिसकेको छ । रियाको तर्फबाट अधिवक्ता श्याम दीवान र बिहार सरकारको तर्फबाट मनिंदर सिंहले बहस गरेका थिए। सोही समयमा सुशांतका बुबाका पक्षबाट विकास सिंह र महाराष्ट्र सरकारको तर्फबाट अभिषेक मनु सिंघवीले तर्क गरेका थिए।
बिहार सरकारका सल्लाहकारले भनेका थिए कि राजनैतिक दबाबका कारण महाराष्ट्र पुलिसले मुद्दा दर्ता गरेको छैन, जबकि महाराष्ट्र सरकारका सल्लाहकारले भनेका थिए कि बिहारमा चुनावको कारण यो केसको राजनीतिकरण भइरहेको छ।







डिसी नेपाल








Facebook Comment