उपप्रधानमन्त्रीले ओढाए राष्ट्रकविको पार्थिव शरीरमा राष्ट्रिय झण्डा
काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा सरकारको तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जलि दिएका छन्। घिमिरेको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदै छ।
राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जलि दिन उप्रधानमनत्री इश्वर पोखरेल, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, पर्यटनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइराला, संगीतकार शम्भुजित बाँस्कोटा घिमिरे निवास लैनचौर पुगेका थिए।
घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार निधन भएको थियो। लमजुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि घिमिरेले नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्मको यात्रा गरेका छन्।
तीन वर्षकै उमेरमा मातृशोक परेका घिमिरेले ६ वर्षको उमेरमा अक्षर चिनेका थिए। ८/९ वर्षको हुँदा पञ्चाङ्ग सिकेका घिमिरेले लमजुङ संस्कृत सिके र काठमाडौं हुँदै बनारससम्म पुगेका थिए।
१४ वर्षकै उमेरमा गोरखापत्रमा साहित्य कृति छापाएर साहित्यमा होमिएका घिमिरेका थुप्रै सृजनाहरु बजारमा छ। नेपाली समाजमा राष्ट्र भावले ओतप्रोत गीत, कथा, कविता लगायतका विधाबाट हरेको मन मुटुमा बस्न सफल छन्।







डिसी नेपाल







Facebook Comment