सन्दीपले आजदेखि सिपिएल खेल्दै
काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) बुधवारदेखि शुरु भैसकेको छ । ट्रिनिडाड एण्ड टोबागोमा बुधवार राति ७ः४५ बजेदेखि सिपिएल शुरु भएको हो ।
सन्दीपले भने प्रतियोगितामा आफ्नो पहिलो खेल आज (बुधबार) राति ७ः४५ बजे खेल्नेछन । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्दैछ । सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताए ।
https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/3305432856168871
सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण पनि गराएका थिए । नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।
यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन । सिपिएल भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सिपिएलमा कूल ३३ खेल हुने छन् ।
कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । मंगलवार भएको पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्सले गुएना वारियर्सलाई ४ विकेट पराजित गर्यो भने दोस्रो खेलमा बारबाडोसले सेन्ट किट्सलाई ६ रनले पराजित गर्यो ।







डिसी नेपाल








Facebook Comment