परिवारमा १ जनाको कोरोनाले मृत्यु, बाँकी पूरै परिवारको समाजले ज्यान लियो
सांकेतिक तस्वीर
काठमाडौं। कोरोनाभाइरसका कारण विश्वभर लाखौंको संख्यामा मानिसहरुको ज्यान गइरहेको छ । तर, भारतको आन्ध्र प्रदेशमा निकै आश्चर्यजनक घटना भएको छ । यहाँ घरमुलीको कोरोना संक्रमणका कारण मृत्यु भएपछि परिवारका बाँकी सबै सदस्यले आत्महत्या गरेका छन् । पश्चिम गोदावरीको राजमुंदरीमा घटना भएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।
आत्महत्या गर्नेहरु आमा, छोरा र छोरी भएको समाचारमा जनाइएको छ । तीनैजनाले गोदावरी नदीको पुलबाट हाम्फालेका थिए । चार दिनअघि कोरोनाभाइरसबाट संक्रमित भएका परिवारका मूली नरसैयाको मृत्यु भएको थियो । पुलिसका अनुसार उनको मृत्युपछि परिवार डिप्रेसनमा थियो । आफन्त र इष्टमित्रले पाि आफ्नो साथ नदिएको महसुस गरेपछि परिवारका सदस्य सबैले आत्महत्या गरेका थिए । सबैतिरबाट एक्लिएपछि परिवारको समस्या अत्यन्तै बढेको थियो । पुलिसका अनुसार नसरैयाका छोरा २५ वर्षका नरसिंह फणिकुमार छोरी २३ वर्षकी लक्ष्मी अपर्णा र आमा ५० वर्षकी पेरिमी स्नुनिताले आत्महत्या गरेका हुन् ।







डिसी नेपाल








Facebook Comment