आईपीएलमा मुख्य प्रायोजकको बारेमा विवाद
काठमाडौं । इन्डियन प्रीमियर लीग (आईपीएल) ले चिनियाँ कम्पनी भिभोको सट्टा ड्रीम–११ लाई नयाँ मुख्य प्रायोजकको जिम्मा दिएपछि फेरिपनि विवाद सुरु भएको छ । भारतीय ट्रेड संगठन कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (क्याट) ले चाइना र हङकङको लगानी भएको कम्पनी ड्रीम–११ लाई आईपीएलले मुख्य प्रायोजक बनाएकोमा आपत्ति जनाएको छ ।
क्याटका महासचिव प्रवीण खंडेलवालले ट्वीट गर्दे आईपीएलले भिभोको सट्टा चाइनीज कम्पनी टेन्सेन्ट पनि लगानिकर्ता भएको कम्पनी ड्रीम–११ लाई मुख्य प्रायोजक बनाएकोमा आपत्ति जनाएका छन । उनले पैसाको लागि आईपीएलले भारत र चीनको विवादलाई वेवास्ता गर्दै चिनियाँ लगानी भएका कम्पनीहरूलाई मुख्य प्रायोजक बनाएको आरोप लगाएका छन ।
चीनको टेन्सेन्ट कम्पनीले सन २०१८ मा ड्रीम–११ मा १० करोड डलर लगानी गरेको थियो । चीनको नियन्त्रणमा रहेको हङकङको कम्पनी स्टेडव्यू क्यापटलले पनि २०१९ मा ड्रीम–११ मा ६ करोड डलर लगानी गरेको छ ।







डिसी नेपाल








Facebook Comment