ईङलिश अलराउन्डर वोक्स द्वारा आईपीएल खेल्न अस्विकार
काठमाडौं । ईङल्यान्डका अलराउन्डर क्रिस वोक्सले आईपीएल खेल्न अस्विकार गरेका छन । उनको स्थानमा फ्रेन्चाईजी दिल्ली क्यापिटल्समा दक्षिण अफ्रिकाका एनरिच नोर्त्जेलाई समावेश गरिएको छ । फ्रेन्चाईजी दिल्लीले आफ्नो बयानमा वोक्सले आफ्नो नाम फिर्ता लिएको कारण खुलाएको छैन । तर उनले कोरोना माहामारीका कारण बदलिदो परिवेशलाई ध्यानमा राख्दै आफ्नो स्वास्थलाई ध्यानमा राखि यो निर्णय लिएको जनाईएको छ ।
दिल्लीले वोक्सलाई आईपीएलको लिलामीको बखत १.५ करोड भारतीय रुपैंयामा खरिद गरेको थियो । साथै तिव्र गतिका बलर नोर्त्जे पछिल्लो पटक कलकत्ता नाईट राईडर्समा रहेका थिए । तर चोटका कारण उनले पछिल्लो पटकको आईपीएलमा डेब्यु गर्ने मौका पाएका थिएनन । यसपटक नोर्त्जेले आईपीएलमा डेब्यु गर्ने मौका रहेको छ ।
The DC family is super excited to have you with us, @AnrichNortje02 ?#WelcomeAnrich#IPL2020 #YehHaiNayiDilli pic.twitter.com/erYoE6VYsL
— Delhi Capitals (Tweeting from ?) (@DelhiCapitals) August 19, 2020
दिल्लीमा आवद्व भएपछि नोर्त्जेले भने, “यो प्रतियोगिता बाट धेरै कुरा सिकिनेछ भन्ने कुरामा कुनै शंखा छैन ।” नोर्त्जेले दक्षिण अफ्रिकाका लागि अहिले सम्म ६ टेस्टमा १९ र ७ एकदिवसीयमा १४ विकेट लिएका छन । उनको नाममा ३ टि २० मा २ विकेट रहेको छ ।
वोक्सले आईपीएलको गत दुई सिजन अन्तर्गत पहिलो सिजन २०१७ मा कलकत्ता बाट खेल्दै ८.७७ को ईकनोमिमा १७ विकेट लिएका थिए । २०१८ मा बेङलौरका लागि मात्र ५ खेल खेलेका वोक्सले प्रति ओभर १०.३६ रन दिएका थिए ।







डिसी नेपाल








Facebook Comment