कोरोनाकालमा पहिलो टि–२० सिरीज हुदै, इयोन मोर्गनको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा

डिसी नेपाल
४ भदौ २०७७ १६:५०
4
Shares

काठमाडौं । कोरोनाकालमा करिब ५ महिना पछि ईङल्यान्डमा टि–२० अन्तराष्ट्रिय खेल सुरुवात हुदैछ । यसको लागि ईङल्यान्डले १४ सदस्यीय टोलीको घोषणा पनि गरिसकेको छ । पाकिस्तान बिरुद्व हुने सिरीजमा कुल ३ टि–२० खेलहरु हुनेछन । पहिलो खेल २८ अगस्टका दिन म्यान्चेस्टरमा हुने छ ।

सिरीजका लागि ईङल्यान्ड टोलीको कमान इयोन मोर्गनलाई दिईएको छ । मोर्गन गत जुलाई महिनाको अन्त्यमा भएको आयरल्यान्ड बिरुद्वको एकदिवसीय सिरीजमा पनि कप्तान रहेका थिए । सिरीजका खेलहरु अगस्ट २८ र ३० का साथै सेप्टेम्बर १ मा म्यान्चेस्टरमा हुनेछ ।

ईङल्यान्डको टि–२० टिममा इयोन मोर्गन (कप्तान), मोईन अली, जोनी वेयरस्टो, टोम बेन्टन, स्याम बिलिङस, टोम करन, जो डेनली, लुइस ग्रेगोरी, क्रिस जोर्डन, साकिब महमूद, डेविड मलान, आदिल राशिद, जेसन रोय र डेविड विली रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.