ईङल्यान्ड पाकिस्तान टेस्ट : दुबै टोलीबीच साखको लडाई

डिसी नेपाल
४ भदौ २०७७ १८:४५

काठमाडौं । ईङल्यान्ड र पाकिस्तानबीच तिन टेस्ट सिरीज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल शुक्रवार साउथम्प्टनको रोज बाउल स्टेडियम हुदैछ । यो खेल दुबै टोलीबीच साख जोगाउने अन्तिम लडाई हुनेछ । किनभने पाकिस्तानले बिगत १० बर्षदेखी ईङल्यान्डमा टेस्ट सिरीज जितेको छैन । साथै ईङल्यान्ड टोली बिगत ६ बर्षदेखी घरेलु मैदानमा अजय रहेको छ ।

पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको ईङल्यान्डले सिरीजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल बर्षको कारण ड्र भएको थियो । ईङल्यान्डले तेस्रो खेलमा जितहात पार्दे सिरीज कब्जा गर्ने रणनितिमा रहनेछ भने पाकिस्तानले जितहात पार्दै सिरीज १–१ बराबरी गर्ने खोजिमा हुनेछ ।

यसअघि ईङल्यान्डले घरेलु मैदानमा सन २०१० जुलाईमा पाकिस्तान बिरुद्वको टेस्ट ३–१ ले जितेको थियो । त्यसपछि दुबै टोलीबीच अहिले सम्म चार टेस्ट सिरीज खेलिएका छन । त्यसमध्ये सन २०१२ र २०१५ मा पाकिस्तानले युएईमा २ पटक सिरीज माथि कब्जा गरेको छ भने ईङल्यान्डले घरेलु मैदानमा २०१६ र २०१८ मा सिरीज ड्र खेलेको छ ।

बिगत ६ बर्षमा घरेलु मैदानमा ईङल्यान्डको टेस्ट रेकर्ड शानदार रहेको छ । टोलीले कुनैपनि टेस्ट सिरीज हारेको छैन । यस समयमा टोलीले १२ मध्ये ८ द्विपक्षिय सिरीज जितेको छ, भने ४ ड्र खेलेको छ । गत महिना जुलाईमा ईङल्यान्डले वेस्टईन्डिजलाई घरेलु सिरीजमा २–१ ले पराजित गरेको थियो । पछिल्लो पटक २०१४ मा ईङलिश टोलीले घरेलु मैदानमै श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।

ईङल्यान्डले पाकिस्तान बिरुद्व अहिलेसम्म खेलको ८५ टेस्ट मध्ये २६ जित, २१ हार र ३८ ड्र खेलेको छ । घरेलु मैदानमा ईङल्यान्डले पाकिस्तानलाई ५५ टेस्ट मध्ये २४ मा पराजित गरेको छ । १२ खेलमा हार बहोरेको ईङल्यान्डले १९ टेस्ट ड्र खेलेको छ ।

द्विपक्षिय सिरीजको कुरा गर्दा दुबै टोली २५ पटक आमुन्ने सामुन्ने भएका छन । यस समयमा ईङल्यान्डले ९ जित र समान ८–८ हार र ड्र खेलेको छ । एकैसाथ ईङल्यान्डले घरेलु मैदानमा १५ मध्ये ७ टेस्ट सिरीजमा पाकिस्तान लाई पराजित गरेको छ भने तिन सिरीजमा हार र ५ सिरीज ड्र खेलेको छ ।

मौसमको कुरा गर्दा शुक्रवार साउथ्याम्प्टनमा आकाशमा बादल देखिनेछ । त्याहाको तापमान १६ देखी २१ डिग्री सेल्सियसकाबीच रहने सम्भावना रहेको छ । खेलको सबै पाँच दिनमा वर्षाको सम्भावना रहेको छ। रोज बाउलको पिच हरेक समय स्पिनरको लागि उपयोगी रहेको छ । तर पिचमा तिव्र गतिका बलरहरुलाई पनि मद्दत मिल्ने सम्भावना रहेको छ । यो पिचमा टस जित्ने टिमले पहिले ब्याटिङ गर्न रुचाउछन । यो पिचमा पहिलो ब्याटिङ गर्ने टोली सक्सेस रेट ४० प्रतिशत रहेको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.