राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनलाई अष्ट्रेलियाबाट नेपालीहरुको सहयोग
काठमाडौं । मृगौला पिडित राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको सहयोगका लागि प्रदेश २ क्रिकेट संघले चलाएको अभियान अन्र्तगत अस्ट्रेलियाको मेलबर्न सहर स्थित नेपाली खेलप्रेमिहरुको तर्फबाट आर्थिक सहयोग प्राप्त भएको छ । पुर्व खेलाडि यशवन्त सुवेदीको अगुवाईमा संकलन गरिएको उक्त रकम प्रदेश क्रिकेट संघ प्रदेश नं. २ को खातामा दाखिला गरिएको प्रदेश क्रिकेटका सचिव आयुश श्रेष्ठले बताए । क्रिकेट संघ प्रदेश नं. २ को खातामा अष्ट्रेलियन डलर २ हजार २ सय चालिस रुपैया अर्थात नेपाली रुपैया १ लाख ८९ हजार २ सय ८० रुपैया प्राप्त भएको श्रेष्ठले बताए ।
कुन्दन सिंह बचाउ अभियान अन्तर्गत देश बिदेशबाट सहयोग संकलन भई रहेको अवस्थामा प्रदेश २ क्रिकेट संघले कुन्दनका लागि मृगौला दाता खोज्नु पर्ने महत्वपुर्ण रहेको र प्रत्यारोपणको लागि लाग्ने आवश्यक खर्च समेत संघले ब्योहोर्ने श्रेष्ठले बताए ।
हालसम्म कुन्दन सिंह बचाउ अभियानमा प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले गत महिना १ लाख रुपैयाँ सहयोग गरिसकेको छ । साथै धनुषाका क्रिकेट खेलाडी तथा खेल प्रेमिहरुले ६ लाख ६१ हजार ८ सय रुपैया संकलन गरिसकेका छन भने क्रिकेट अभियान्ता बिज्ञान कार्किले ३ लाख भन्दा बढि संकलन गरेर बुझाईसकेका छन । यसैगरी यो अभियानलाई अस्ट्रेलियाको एडीलेड नेप्लिज क्रिकेट एसोसिएसनले पनि क्रिकेटर सुनम गौतमको अगुवाइमा ९४ हजार सहयोग प्रदान गरी सकेको छ ।








डिसी नेपाल








Facebook Comment