मनमोहन विश्वविद्यालयलाई विराट क्याम्पसबाट रु ४० करोडको सम्पत्ति हस्तान्तरण

डिसी नेपाल
४ भदौ २०७७ २२:१०
4
Shares

विराटनगर । मनमोहन प्राविधिक विशवविद्यालयलाई विराटनगर –१४ स्थित विराट क्याम्पसको शैक्षिक कार्यक्रम, सम्पत्ति र दायित्व आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा क्याम्पसका अध्यक्ष भूराज राईले करीब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरेललाई हस्तान्तरण गरे ।

सो अवसरमा विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले क्याम्पसको विगतको शैक्षिक उचाइलाई कायम राखी विश्वविद्यालयले कार्यक्रम सञ्चालन गर्ने बताउँदै पाठ्यक्रम तयारीमा रहेको र शैक्षिक कार्यक्रम सञ्चालन गर्न एकदेखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकार र विश्वविद्यालयले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने जानकारी दिए।

विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको लक्ष्य पूरा गर्न यस क्षेत्रमा शैक्षिक विकासका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । विराट क्याम्पसका अध्यक्ष भूराज राईले शिक्षामा योगदान दिन नाफारहित उद्देश्यले विसं २०४८ मा स्थापित क्यापसको भावनानुरुप विश्वविद्यालयलाई योगदान पु¥याउन आग्रह गरे । विराटनगर–१४ स्थित क्याम्पसका नाममा १५ कठ्ठा १० धुर जग्गामा दुईतले भवन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.