दुई महिला क्रिकेटरहरूले गरे एकआपसमा विवाह

डिसी नेपाल
४ भदौ २०७७ २२:२७

काठमाडौं । दुई अस्ट्रेलियाली महिला क्रिकेटहरुले एकआपसमा विवाह गरेका छन। क्रिकेटर डेलिसा केमिन्स र लौरा ह्यारिसले एकअर्का संग विवाह गरेका हुन । केमिन्सले यस वर्षको सुरुवातमा टि–२० विश्वकप खेलेकी थिईन । डेलीसा र लौरा विगत चार बर्षदेखि एक अर्कासँग सम्बन्धमा थिए। दुबैले विवाह गरेर उनीहरूको सम्बन्धलाई समलैंगिक सम्बन्धको नाम दिएका छन ।

केमिन्सले इन्स्टाग्राममा फोटो सार्वजनिक गर्दे लेखिन, “हाम्रो विवाहको दिनलाई जीवनको सर्वश्रेष्ठ दिन बनाउनुभएकोमा सबैलाई धन्यवाद। हामीलाई सहयोग गरेकोमा ब्राइड्म्यान र ब्राइड्सम्याडलाई धन्यवाद। यो विशेष दिनको हिस्सा हुने सबै मित्र र आफन्तलाई हामी हार्दिक धन्यवाद दिन्छौं।”

डेलिसा केमिन्सले अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि ४१ टि–२० र १६ एकदिवसीय खेल खेलेकी छिन । अष्ट्रेलियाको टिममा केमिन्स मध्यम गतिका बलरको रुपमा परिचित रहेकी छिन । यस वर्षको सुरुवातमा भएको टि–२० विश्वकपको फाइनलमा उनी भारत विरुद्ध काङगारु टोलीको सदस्य थिइन। उनका साथी, लौरा ह्यारिस लिग क्रिकेटको सदस्य रहेकी छिन । उनी अझै राष्ट्रिय टिमको हिस्सा बन्न सकेकी छैनन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.