ट्रम्पका पूर्व रणनीतिक सल्लाहाकार पक्राउ

डिसी नेपाल
५ भदौ २०७७ ०:००

वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व  रणनीतिक सल्लाहाकार स्टीभ बेनन पक्राउ परेका छन्। उनीसहित अन्य तीनजना पनि पक्राउ परेको भक्स डटकमले जनाएको छ। बेननले दाताहरुबाट उठाएको रकममा धोका दिएको आरोप लगाइएको छ।

राष्ट्रपति ट्रम्पको महत्वाकांक्षी योजना सीमामा पर्खाल लगाउने योजनाका लागि बेननले चन्दा अभियान चलाएका थिए। सो अभियानअनुसार उठाइएको रकममा उनले अनियमितता गरेको आरोप लगाइएको छ।

उनलाई बिहीबार न्यू योर्कबाट डुंगामा चढेको समयमा अमेरिकी पोस्टल एजेन्सीका अधिकारीहरुले पक्राउ गरेका हुन्। न्यू योर्कको दक्षिणी जिल्लास्थित महान्यायधिवक्ताबाट उनीविरुद्ध आरोपत्र दायर गरिएको थियो।

बेननले २४ मिलियन अमेरिकी डलच चन्दा उठाएको जनाइएको छ। यो चन्दा अभियानको नेतृत्व ब्रायन कोल्फेजले गरेका थिए। जब चन्दा उठ्न शुरु भयो यसमा बेनन पनि सहभागी भएको बताइएको छ। चन्दा उठाउने समयमा उनीहरुले पटक पटक चन्दा उठेको रकमबाट सीमामा पर्खाल बनाउने प्रतिबद्धता गरेका थिए। तर अभियोजनकर्ताहरुले भने उनीहरुले चन्दा उठाकाएको रकमको दुरुपयोग गरेको आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.