पाकिस्तानले बंगलादेश र म्यानमारमा आतंकवादी समूहलाई सहयोग गर्दै, भारतलाई खतरा

डिसी नेपाल
५ भदौ २०७७ १२:०८
4
Shares

काठमाडौं। पाकिस्तानको गुप्तचर एजेन्सी इन्टर सर्भिसेज इन्टेलिजेन्स (आइएसआइ)ले म्यानमार र बंगलादेशमा आतंकवादी समूहलाई प्रशिक्षित गरिरहेको एक रिपोर्टमा दाजी गरिएको छ । जर्मनीको मिडिया आउटलेट डीडब्लुको रिपोर्टमा यस्तो खुलासा गरिएको छ । रिवोर्टका आधारमा द इकोनोमिक टाइम्सले प्रकाशित गरेको समाचार अनुसार आइएसआइले बंगलादेश म्यानमार सीमामा केन्द्रित रोहिंग्या मुसलमानहरुको समूह आराकान रोहिंग्या साल्भेसन आर्मी (आर्सा) र बंगलादेशको आतंकवादी समूह जमात उल मुजाहिद्दीन बंगलादेश (जेएमबी)लाई आइएसआइले सहयोग गरिरहेको छ ।

रिपोर्टका अनुसार बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थीको शिविरमा विभिन्न आपराधिक घटनाहरु बढिरहेका छन् । रिपोर्टमा केही अतिवादी समूहहरुले शिविरलाई नियन्त्रणमा लिन चाहेको समेत खुलासा गरिएको छ । गएको जनवरीमा कक्स बजारमा रहेको शिविरका ४० शरणार्थीलाई जेएमबीले प्रशिक्षित गरेको रिपोर्ट प्रकाशित भएको थियो । २०१६ मा होली आर्टिसन कफी शपमा २२ जनाको ज्यान जाने गरी आक्रमण गरेपछि जेएमबीलाई बंगलादेशमा आधिकारिक रुपमा आतंकवादी समूह घोषित गरिएको छ ।

जेएमबीलाई यी ४० रोहिंग्याहरुलाई प्रशिक्षण दिन १ लाख १७ हजार डलर उपलब्ध गराइएको थियो । रिपोर्टका अनुसार यसरी रकम दिनेहरुमध्येको एक पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइ थियो । यो खुलासासँगै भारत सरकारले बंगलादेश सरकारलाई सचेत गराएको रिपोर्टमा जनाइएको छ । बेल्जियममा आधारित विश्लेषक समूह साउथ एसिया डेमोक्रेटिक फोरमका विश्लेषक सिजफ्रिड ओ वुल्फले आइएसआइको सम्भावित संलग्नता पुष्टि गरेका छन् । उनका अनुसार आइएसआइको मुख्य उद्देश्य यस क्षेत्रका केही देशहरुमा अस्थिरता ल्याउनु हो र उसका मुख्य निशाना भारत र अफगानिस्तान हुन् ।

उनले अन्तर्राष्ट्रिय समुदायले कश्मिरलाई नियालिरहेको हुनाले पाकिस्तानको लागि तेस्रो मुलुकबाट ‘क्रस बोर्डर टेरोरिज्म’ संचालन गर्नु सहज भएको बताए । यसैको नतिजा रोहिंग्या शरणार्थी शिविर आतंकवादी समूहको निशाना बनेको उनले बताए । बंगलादेशका सुरक्षा विज्ञ तथा पूर्व ब्रिगेडियर जनरल अब्दुर रशिदले विगतमा पनि रोहिंग्यालाई दिग्भ्रमित गर्ने प्रयास भएको भए पनि बंगलादेशले त्यसलाई विफल पारेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.