आभास आचार्यद्वारा निर्देशित विष्णु क्षेत्रीको ‘जय नेपाल’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
५ भदौ २०७७ १३:०७
8
Shares

पेरिस फ्रान्स । आफू जन्मेको देश जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । जन्मेको देश भन्दा प्यारो अरु के हुन्न सक्छ र ? राष्ट्रिय पोशाक शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै राष्ट्रिय गौरव र मातृ भूमिप्रति अगाध प्रेम झल्केको विष्णु क्षेत्रीको ‘जय नेपाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपालको चितवन जिल्लामा जन्मेर युरोपलाई कर्मभूमि बनाएका विष्णुले परिवार छोडेर विदेशिएका नेपालीहरुको दुःखको कथालाई गीतमा उतारेका छन् । बाध्यताले विदेश पलायन हुनु परेको लाखौं नेपालीहरुले आफ्नो मातृभूमिप्रति गर्ने माया र सम्मानलाई गीतमार्फत समेट्ने प्रयास गरेका छन् ।

यस गीतको भिडियोसमेत उत्कृष्ट बनेको छ । परिवार गुमाउँदासमेत नेपाल फर्किन नसक्दाको पिडा भिडियोमा उतारिएको छ । गीतको भिडियोलाई दर्शकहरुले निकै रुचाएका छन् । गीतलाई विकाश सुवेदीले रचना गरेका हुन् । भने सुभाष भुषालले संगीत भरेका हुन् ।

गीतको भिडियोमा महेन्द्र अधिकारी, सोनिया सिंह ठकुरी र कर्मा वाङ्गेल लामालाई काष्ट गरिएको छ । आभाष आचार्यले निर्देशन गरेको उक्त गीतको भिडियो ‘आभाष आचार्य प्रोडक्सन’को युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.