एपीएफद्वारा अवैध सामान बरामद

डिसी नेपाल
६ भदौ २०७७ ०:०९

काठमाडौं । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानीबाट शुक्रबार एपीएफ टोलीले करीव सात लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोवाईल स्क्रिन र कम्प्युटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाइएको छ ।

यसैगरी झापा जिल्लाको मेची नगरपालिकाको फोहोरमैला इलाकाबाट शुक्रबार ५ गते एपीएफ टोलीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको हार्डवयरका सामान र विभिन्न प्रकारका औषधी सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोवाईल पार्ट्स र गाडीको पार्ट्स एपीएफ टोलीले ईलाम जिल्लाको स७३घढसर्योदय नगरपालिका ३ स्थित सीमा इलाकाबाट बरामद गरको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.