एपीएफका खेलाडीहरुमा कोरोना पोजेटिभ
काठमाडौं । सिमा सुरक्षाका लागि पठाएका एपीएफका ३६ खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ ।
अघिल्लो लकडाउनका बेला एपीएफले दक्षिण एशियाली खेलकुद सागमा पदक नजितेका खेलाडीलाई प्रदेश नम्वर दुईमा सिमा सुरक्षाका लागि पठाइएको थियो । त्यहाँबाट ९८ जना फर्किएका थिए । जसमा ३६ जनामा कोरोना देखिएको छ ।
यसअघि तीन जनामा कोरोना देखिएको थियो । तर पछिल्लो पटक बुधबार गरेको पक्षिणमा थप ३६ जनामा कोरोना देखिएको छ । उनीहरुलाई दहचोक र कीर्तिपुरमा क्वारेन्टिनमा राखिएको छ ।
प्रदेश नम्वर दुईबाट फर्किएपछि सबैलाई अनिवार्य क्वारेन्टिनमा राखेर परिक्षण गरिएको थियो । तर ती मध्येमा ३६ जनामा पोजेटिभ देखिएको हो ।
जसमा दहचोकको क्वारेन्टिनमा २० जना राखिएको छ भने कीर्तिपुरको क्वारेन्टिनमा १६ जनालाई राखिएको छ । कोरोना पोजेटिभ देखिएका खेलाडीहरु विभिन्न खेलको रहेको बताइएको छ । एएिफका खेलाडीले सर्लाही, सिराहा, पर्सा र बाराको सिमामा खटिएका थिए ।







डिसी नेपाल








Facebook Comment