१६ वर्षकी किशोरीलाई ३० जनाले लाइन लागेर बलात्कार गरे, पूरै देश सडकमा उत्रियो

डिसी नेपाल
६ भदौ २०७७ ९:४४
12
Shares

काठमाडौं। इजरायलमा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । यहाँको इलिट शहरमा रहेको एक होटलमा १६ वर्षकी एक किशोरीलाई ३० जनाले लाइन लागेर पालैपालो बलात्कार गरे । यो घटनालाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मानवताविरुद्धको अपराध भनेका छन् । घटनाबाट आक्रोशित नागरिकहरु हजारौंको संख्यामा सडकमा उत्रिएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार इलिट शहरको एक होटलमा सबै आरोपी पीडित किशोरीको कोठाबाहिर लाइनमा उत्रिएका थिए । यी सबै आरोपीले एक अर्कालाई चिन्दैनथे । यी सबै पीडित किशोरीलाई मेडिकल सहयोग गर्ने बहानामा उनको कोठामा पसेका थिए । यो घटनाको बारेमा पीडित किशोरीले स्वयं पुलिसलाई बताएकी हुन् ।

पीडित किशोरीले यो घटनाको बारेमा पुलिसलाई अघिल्लो हप्ता नै सूचित गरेकी थिइन् तर यो विषय त्यतिबेला चर्चामा आयो जब स्थानीय मिडियामा पीडित किशोरीलाई उद्धृत गर्दैै रिपोर्ट प्रकाशित भयो । रिपोर्टका अनुसार यो घटनाको सम्बन्धमा २ जनालाई पक्राउ गरिएको छ । पुलिस प्रवक्ता मिकी रोसेनफेल्डले समाचार एजेन्सी एएफपीलाई यो घटनाका सम्बन्धमा २ जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

स्थानीय मिडिया रिपोर्टपछि कैयौं बहरमा प्रदर्शनकारीहरु सडकमा उत्रिए । स्थानीय मिडिया रिपोर्टमा बताइएअनुसार आरोपीहरु पीडित किशोरीको कोठाबाहिर लाइन लागेर उभिएका थिए । घटनालाई लिएर प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसका लागि आफूसँग कुनै शब्द नभएको बताए । उनले यो केवल किशोरीविरुद्ध अपराध नभइ मानवताविरुद्धको अपराध भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.