विष सेवन गरेर गम्भीर बिरामी परेका रुसका विपक्षी नेतालाई जर्मनी लगियो

डिसी नेपाल
६ भदौ २०७७ १०:२२

काठमाडौं। गम्भीर रुपले बिरामी रुसका विपक्षी नेता अलेक्सेइ नाभाल्नीलाई थप उपचारका लागि शनिबार बिहानै जर्मनी लगिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई जानाजान विष खुवाइएको उनका सहयोगीले आरोप लगाएका छन् । यसअघि रुसमा चिकित्सकहरुले उनलाई थप उपचारका लागि बाहिर लैजान रोकेपछि रुस सरकारमाथि उनलाइ कथित रुपमा विष खुवाइएको घटना दबाउने प्रयास गरेको आरोप लागेको थियो ।

वाशिङटन पोस्टका अनुसार यसअघि नभाल्नीको गम्भीर अवस्था र उनी कोमामा भएको स्थितिमा उनलाई साइबेरियन अस्पतालबाट जर्मनीको बर्लिन पुर्याउन सकिन्छ वा सकिँदैन भन्ने विषयमा असमझदारी भएपछि उनलाई बर्लिन लैजानबाट रोकिएको थियो । साइबेरियाको ओम्स्क इमरजेन्सी हस्पिटल नं. १ का प्रमुख फिजिसियन अलेक्जेण्डर मुराकोभ्स्कीले शुक्रबार नभाल्नीलाई जर्मनी सार्न सकिने बताएका थिए । यसको १ दिनअघि उनले नभाल्नी कतै बाहिर सार्न पर्याप्त ठिक नभएको बताएका थिए ।

मुराकोभ्स्कीले नभाल्नीलाई विष खुवाइएको कुनै संकेत नदेखिएको बताएका थिए । त्यसअघि उनले नभाल्नीको परीक्षण रिपोर्ट आउन २ दिन लाग्ने बताएका थिए । नभाल्नी बिहबिार कोमामा पुगेपछि यसबारे धेरै प्रश्न उठेका थिए । सर्बियाबाट मस्को आउने क्रममा विमानमै उनी अस्वस्थ भएका थिए । उनकी प्रवक्तासहितका केहीले नभाल्नीलाई राज्यले नै विष खुवाएको आरोप लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.