यूरोपा लिगको उपाधि सेविलालाई
काठमाडौं । यूरोपा लिगमा मास्टर भनेर चिनिने स्पेनको फुटबल क्लब सेविलाले छैठौं पटक लिगको उपाधि हातपारेको छ । शुक्रवार राती भएको खेलमा सेविलाले फाईनलमा ईन्टरमिलानलाई ३–२ ले पराजित गर्दे उपाधि माथि कब्जा गरेको हो । सेविलाका कप्तान जीसस नवासले यूरोपा लिगको उपाधि पूर्व कप्तान एन्टोनियो रेयेस और एन्टोनयो प्यूर्टालाई समर्पित गरे । नवासले कप्तान भएको नाताले यो कप जित्नु भनेको मेरो लागि ठूलो कुरा भएको बताए । उनले भने, “यो उपाधि ती सबै व्यक्ति, साथीहरू र फ्यानहरूलाई समर्पित छ जो अहिले यहाँ छैनन्।”
कोरोनाका कारण खेल जर्मनीको कोलोन शहरमा खाली स्टेडियममा खेलाईएको थियो । सेविलाले अहिले सम्म छौं पटक र इन्टरमिलानले ३ पटक यूरोपा लिगको उपाधि जितेको छ ।
पछिल्लो ९ पटकमा ६ पटकको उपाधि स्पेनिश क्लबहरुले जितेको छ । जसमध्ये सेविलाले यो उपाधि ४ पटक हात पारेको छ । सेविलाले २०१४, २०१५ र २०१६ मा उपाधि हातपारेको थियो भने, ईङल्यान्डको टिम ९ मा ३ पटक च्याम्पियन भएको छ ।







डिसी नेपाल








Facebook Comment