२०३० सम्म ६८ लाख बालिका गर्भमै मारिने दावी

डिसी नेपाल
६ भदौ २०७७ १८:३२

नयाँ दिल्ली (एजेन्सी)। २०१७ देखि २०३० को अवधिमा भारतमा ६८ लाख बालिका कम जन्मिनेछन्। साउदी अरबको किंग अब्दुल्ला विश्वविद्यालयको साइन्स एण्ड टेक्नोलोजी गरेको अध्यनमा यो आकलन गरिएको हो।

गर्भमै लिंग पहिचान गरेर बालिका भएमा अबोर्शन गरिने भएकाले यस्तो हुने सो अध्यनमा उल्लेख गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

द गार्जियनमा प्रकाशित एक रिपोर्टअनुसार रिसर्चर्सहरुले २०१७ देखि २०३० सम्म भारतको उत्तर प्रदेशमा २० लाख कम बालिका जन्मिने बताएका छन्। अथवा भारतको यो राज्यमा सबैभन्दा कम बालिका जन्मिेन छन्। रिसर्चरहरुले भारतका २९ राज्यमा अध्यन गरेको जनाइएको छ। जन्म दर र मानिसहरुमा छोरा पाउने चाहनाबारे गरिएको यो अध्यनमा यस्तो नतिजा आएको हो।

भारतका उत्तरी राज्यहरुमा छोरा जन्माउने चाहना अधिक देखिएको छ। यो अध्यन गएको हप्ता प्लस ओन जर्नलमा प्रकाशित भएको छ। अध्यनमा लैगिंक समानाताका लागि भारतमा कडा नीति लागु गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

१९९४ मा भारतमा कानून बनाएर गर्भमा लिंग पहिचान गर्नुलाई अवैध बनाइएको थियो। तर, भारतमो यो कानून राम्रोसँग कार्यान्वयन हुन सकेको छैन। भारतका धेरैजसो स्थानहरुमा लैंगिक अनुपात पनि खराब हुँदै गएको छ। हाल भारतमा लैगिंक अनुपात प्रति एक हजार पुरुषमा ९०० देखि ९३० महिला छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.