तेहरो सतक बनाउनबाट चुके क्राउली, बटलर १५२ रन बनाएर आउट

डिसी नेपाल
६ भदौ २०७७ २२:४८

काठमाडौं । साउथम्प्टनमा ईङल्यान्ड र पाकिस्तानबीच तिन टेस्ट सिरीज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल जारी रहेको छ । खेलको दोस्रो दिन बर्षाको कारण खेल दुईपटक रोकिए पनि खेल अहिले जारी रहेको छ । यो समाचार तयार पार्दासम्म ईङल्यान्डले पहिलो पारीमा ७ विकेट गुमाउदै ५४७ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ईङल्यान्डका लागि ज्याक क्राउली तेहरो सतक बनाउनबाट चुकेका छन । सशद सफिकको बलमा आउट हुनु अघि क्राउलीले ३९३ बलको सामना गर्दे ३४ चौंका र १ छक्कको मद्दतले २६७ रन प्रहार गरेका छन । २२ बर्षीय क्राउलीको यो पहिलो दोहरो सतक हो । यसअघि क्राउलीले १७१ बलमा सतक पुरा गरेका थिए । सन २००० पछि एलिस्टर कुक, ओली पोप, जो रूट र बेन स्टोक्सले मात्र क्राउली भन्दा कम उमेरमा पहिलो सतक प्रहार गरेका थिए ।

त्यस्तै ईङल्यान्डका अर्का ब्याट्सम्यान जोस बटलर १५२ रन बनाएर आउट भएका छन । फवाद आलमको बलमा क्याच आउट भएका बटलरले ३११ बलमा १३ चौंका २ छक्काको मद्दतले १५२ रन प्रहार गरे । बटलरको टेस्ट करियरकै यो दोस्रो सतक हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.