आईपीएल खेल्न युएई जाँदा धोनीले गरे अर्को प्रशंसनीय काम

डिसी नेपाल
६ भदौ २०७७ २३:४२

काठमाडौं । पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीले आफ्नो कामबाट फेरि प्रशंसकहरूको मन जितेका छन्। आईपीएलमा चेन्नई सुपर किङस् (सीएसके) का कप्तान धोनी प्रतियोगिताका लागि २१ अगस्तमा युएई प्रस्थान गरेका छन। युएई प्रस्थान गर्ने क्रममा उनले उडानको क्रममा आफ्नो टिम निर्देशक जर्ज जोनलाई आफ्नो बिजनेस क्लासको सिट दिएर धोनी आफु इकोनोमी क्लासमा बसेर युएईको यात्रा गरेका छन ।

जर्ज जोन आफैले एक ट्वीट मार्फत यसको खुलासा गरेका छन। उनले यो सम्पूर्ण घटनाको भिडियो पनि सार्वजनिक गरेका छन। भिडियोमा धोनी टोलीका उप कप्तान सुरेश रैना र अन्य केही सहकर्मीहरूसँग कुराकानी गरिरहेको देखिन्छन । यो बर्षको आईपीएल कोरोनाका कारण युएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बर सम्म आयोजना हुदैछ ।

जोन जर्जले क्याप्शनमा लेखे,  “उनी यस्ता ब्यक्ति हुन जसले क्रिकेटमा सबै कुरा देखे, उनले सबै कुरा प्राप्त गरे ।” उनले मेरो नजिक आएर भने, “तपाईको खुट्टा धेरै लामो छ। तपाई मेरो सिटमा बस्नुहोस्। म इकोनोमी सिटमा यात्रा गर्नेछु।” यी कप्तानले मलाई चकित पार्न कहिल्यै असफल भएका छैनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.