सुशान्त सिंह राजपुतको मृत्युमा गाँजाको प्रवेश, हाउसकिपरको बयानले सनसनी

डिसी नेपाल
७ भदौ २०७७ ९:२५

मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानका क्रममा उनको घरमा हाउसकिपरको काम गर्ने निरज सिंहले सनसनीपूर्ण खुलासा गरेका छन् । निरजले सुशान्तले गाँजा सेवन गरेको खुलासा गरेका छन् । मुम्बइ पुलिसलाई दिएको बयानमा निरजले सुशान्तलाई मृत्युको केही दिन पहिले चुरोटमा गाँजा भरेर दिएको बताएका छन् । निरजका अनुसार सुशान्तको मृत्युपछि ती चुरोट राखिएको बक्स खोलेर हेर्दा खाली पाएको बयान दिएका छन् । इण्डिया टुडेले निरजको तीन पानाको बयान आफूले पाएको दावी गर्दै उनको बयान प्रकाशित गरेको छ ।

निरजका अनुसार सुशान्तले हरेक हप्ता घरमा पार्टी गर्थे । पार्टीमा उनले मदिरा र गाँजा सेवन गर्थे । सामुअल ज्याकबले सुशान्तको लागि गाँजा रोल गर्थे । कहिलेकाहीँ निरजले पनि रोल गर्थे । निरजले तीन दिनसम्म सुशान्तको लागि गाँजा रोल गरेका थिए । ती रोल सिढी नजिकै भएको एउटा दराजमा चुरोटको बट्टामा राखिएका थिए । सुशान्तको मृत्युपछि निरजले बट्टा खोल्दा बट्टा खाली थियो । उनको बयानको आधारमा सुशान्तले नशाको अवस्थामा आत्महत्या गरेको हुनसक्ने थ्योरी पनि अगाडि आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.