मनमोहन अस्पताल दहचोकबाट कोरोना सङ्क्रमितको उपचार शुरु

डिसी नेपाल
७ भदौ २०७७ २१:१४

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल दहचोकले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ३३३ शै्यया निर्माण गरी उपचार शुरु गरेको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेसँगै मनमोहन अस्पताल दहचोकले सरकारको आग्रहअनुसार कोभिड–१९ का बिरामीको उपचार शुरु गरेको हो।

अस्पतालका अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पछिल्लो समय उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै उनीहरुको उपचारका लागि यही भदौ २ गतेदेखि ३३३ शै्यया निर्माण गरी कोरोनाका बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए।

“कोरोनाको महामारीमा सरकारलाई अप्ठ्यारो परेको बेलामा यसको उपचार र नियन्त्रणका लागि सहज पु¥याउने उदेश्यले बन्दै गरेको अस्पताल सञ्चालनमा ल्याएका हौँ”, उनले भने। नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा दहचोकमा निर्माण गरिएको भवन ६० कोठाको छ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडबाट सञ्चालित मनमोहन अस्पताल स्वयम्भुले हालसम्म गरेको पिसिआर परीक्षणमा ६८ जनाको रिपोर्ट पोजेटिभ आएको र सबैको अवस्था सामान्य रहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.