आईपीएलका लागि सन्दीप क्वारेन्टाईनमा बस्नु नपर्ने

डिसी नेपाल
७ भदौ २०७७ २३:१४
4
Shares

काठमाडौं । आगामी महिना सुरु हुने आईपीएल २०२० मा ईङल्यान्ड, अष्ट्रेलिया लगायतका अन्य खेलाडीहरु सीपीएलमा ब्यस्त छन । नियम अनुसार उनीहरु युएई पुगेपछि सात दिन क्वारेन्टाईनमा बस्नुपर्ने ब्यवस्था रहेको छ । तर यदि उनीहरु बायो सिक्योर बबलमानै बसेका छन भने ती खेलाडीहरुले क्वारेन्टाईनमा बस्नु नपर्ने देखिएको छ ।

बीसीसीआईले क्वारेन्टाईनमा बस्नुनपर्ने कडा नियमहरु बनाएको छ । अब फ्रेन्चाईजी टिममा यो कुरा निर्भर रहनेछ कि उनीहरुले आफ्ना खेलाडीहरुलाई यो नियमहरु पालना गराउन सक्छ कि सक्दैन ।

यदि खेलाडीहरुले नियम पालन गर्छन अर्थात बायो सिक्योर बबलबाट बाहिर निस्कदैनन भने उनीहरु आ–आफ्नो टिमसंग सिधै जोडिन सक्छन । यद्यपि युएई पुग्ने बित्तिकै उनीहरुको आरटी–पीसीआर टेस्ट भने हुनेछ । ईङल्यान्ड, अष्ट्रेलिया र सीपीएलमा सहभागिता जनाएका खेलाडीहरु होटलबाट सिधै मैदान पुगेर खेलिरहेका छन । उनीहरुलाई एयरपोर्टमा पनि टर्मिनल र अध्यागमन जस्ता औपचारिकताहरुको पालना गर्नु परिरहेको छैन ।

ईङल्यान्ड र अष्ट्रेलियाका खेलाडीहरु लन्डनबाट दुबई वा अबुधाबी तथा सीपीएलका खेलाडीहरु त्रिनिडाडबाट सिधा याहा पुग्नेछन । यस्को लागि चार्टर प्लेनको ब्यवस्था गरिएको छ । उनीहरु एयरपोर्टबाट सिधा होटेल पुग्नेछन । ईङल्यान्ड र अष्ट्रेलिया बिच ४ देखि १५ सेप्टेम्बरसम्म समान ३–३ एकदिवसीय र टि–२० सिरीज खेल्ने तय भएको छ । सीपीएल सेप्टेम्बर १० मा सकिदैछ । अहिलेसम्म यो स्पष्ट छैन कि यदि क्वारेन्टाइन आवश्यक छ भने खेलाडीहरुले आईपीएलको शुरुका केही खेलहरू छोड्नु पर्ने हुन्छ ।

बीसीसीआईले आईपीएल टोलीलाई एक नोट पठाएको छ। नोटमा भनिएको छ ईङल्यान्ड बिरुद्व अष्ट्रेलिया सिरीज र सीपीएल पछि, यदि खेलाडीहरू बायो सिक्योर बबलमा रहन्छन् र उनीहरु बसबाट सिधा विमानमा पुग्छन्। साथै यस समयमा अन्य औपचारिकताहरू पुरा गर्दैनन भने तिनीहरूलाई अलग राख्नुपर्दैन। यस समयमा उनीहरूले अरू व्यक्तिलाई सम्पर्क गर्न पाउने छैनन ।

नोटका अनुसार फ्रान्चाइजीहरूले खेलाडीहरुका लागि विशेष चार्टर्ड उडानहरू बुक गर्नु पर्नेछ। उनीहरुको लागि विशेष पासहरूको व्यवस्था गर्नुपर्नेछ। ताकि खेलाडीहरु सिधै हवाईजहाजबाट बसको माध्यम टिममा पुग्न सक्नेछन। त्यसो भएमा आरटी–पीसीआर परीक्षण हुनेछ र यो नगेटिभ हुनु आवश्यक छ। यात्रा गर्दा खेलाडीहरुले बायो सिक्योर बबल नियमको पनि पालना गर्नुपर्नेछ। यदि आईपीएल गवर्निंग काउन्सिल सन्तुष्ट नभएको खण्डमा भने खेलाडीहरूले ७ दिनसम्म क्वारेन्टाइन बस्नु पर्नेछ, र उनीहरुको ३ पटक आरटी–पीसीआर टेस्ट हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.