अजहर अली बने ६ हजार टेस्ट रन बनाउने पाकिस्तानको पाचौं खेलाडी
काठमाडौ । अजहर अलीले ६ हजार टेस्ट रन पुरा गरेका छन । यो उपलब्धी प्राप्त गर्ने उनी पाकिस्तानका पाचौं खेलाडी बनेका छन । पाकिस्तानको तर्फबाट टेस्टमा सबैभन्दा बढी रन बनाउने किर्तिमान यूनिस खानको नाममा रहेको छ । उनले ११८ टेस्टमा १००९९ रन बनाएका छन । पाकिस्तानका लागि सबैभन्दा तिव्र गतिमा ६ हजार टेस्ट रन पुरा गर्ने किर्तिमान मोहम्मद यूसुफको नाममा रहेको छ । उनले यो किर्तिमान पुरा गर्न १२० पारी खेलेका छन । अजहर १५१ पारीमा ६ हजार रन पुरा गर्ने पाकिस्तानका पाचौं खेलाडी बनेका छन ।
6️⃣0️⃣0️⃣0️⃣ Test runs for Azhar Ali ? ?
He is just the fifth batsman to reach the mark for Pakistan ?? #ENGvPAK pic.twitter.com/esWYWtny1j
— ICC (@ICC) August 23, 2020
पाकिस्तानका लागि सबैभन्दा बढी टेस्ट रन बनाउने यूनिस खान पहिलो स्थानमा रहेका छन । उनले २१२ पारीमा १००९९ रन बनाएका छन । यो सुचिमा दोस्रो नम्बर जावेद मियांदाद रहेका छन । उनले १८९ पारीमा ८८३२ रन पुरा गरेका छन । तेस्रो नम्बरमा इंजमाम उल हक रहेका छन । उनले १९८ पारीमा ८८२९ रन बनाएका छन । चौंथो नम्बरमा मोहम्मद यूसुफ रहेका छन । उनले १५६ पारीमा ७५३० रन पुरा गरेका छन भने पाचौं खेलाडी अजहर बन्न सफल भएका छन । उनले १५१ पारीमा ६०९८ रन बनाएका छन ।
इङल्यान्ड र पाकिस्तान बिचको तिन टेस्ट टेस्ट श्रृंखलाको अन्तिम खेलमा पाकिस्तानका कप्तान अजहरले यो किर्तिमान पुरा गरेका हुन । खेलमा उनले करियरको १७ औं सतक पनि पुरा गरेका छन ।







डिसी नेपाल








Facebook Comment