लकडाउन तोडेर चलिरहेको थियो पार्टी, पुलिस पुगेपछि भागाभागमा १३ जनाको मृत्यु

डिसी नेपाल
८ भदौ २०७७ ११:०७

काठमाडौं। पेरुमा लकडाउन तोडेर नाइट क्लवमा रमाइलो गरिरहेका बेला अचानक पुलिस पुगेपछि भएको भागदौडमा १३ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् । पेरुमा कोरोनाभाइरस फैलन नदिन लकडाउन गरिएको थियो तर यहाँ एउटा डिस्को चलिरहेको थाहा पाएपछि पुलिसले छापा मारेको थियो ।

पुलिस आएपछि मानिसहरु एउटै ढोकाबाट निस्कने प्रयास गर्दा यस्तो भएको थियो । लिमा थोमस डिस्कोमा शनिबार घटना भएको हो । नाइट क्लवमा १२० जना पार्टीका लागि जम्मा भएका थिए । अधिकारीहरुका अनुसार पुलिसबाट बच्नको लागि उनीहरु एउटै ढोकाबाट भाग्ने क्रममा एक अर्कामाथि चढेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.