अन्तरिक्षबाट सगरमाथा कस्तो देखिन्छ ? हेर्नुहोस् नासाले अन्तरिक्षबाट खिचेका अद्भूत तस्वीर
काठमाठौं। अन्तरिक्षबाट सगरमाथा कस्तो देखिएला ? हामीमध्ये धेरैको यस्तो जिज्ञासा हुन सक्छ । यो जिज्ञासा र अन्तरिक्षबाट सगरमाथा हेर्ने चाहनालाई अमेरिकाको अन्तरिक्ष अनुसन्धान संस्था नासाले पूरा गरिदिएको छ । नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट खिचिएका सगरमाथाका केही तस्वीरहरु सार्वजनिक गरेको छ ।
Curious about how mighty Mt. Everest, the majestic Himalayas, and our home, Nepal, look from outer space and the International @Space_Station? Well, our @NASA astronauts have all the answers in their photos! Check them out – they’re truly out of this world! #TuesdayThoughts pic.twitter.com/q4WzRI6amk
— U.S. Embassy Nepal (@USEmbassyNepal) August 25, 2020
अमेरिकाको नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट खिचेका सगरमाथाका तस्वीरहरु नेपालस्थित अमेरिकी दूतावासले आफ्नो ट्वीटर ह्याण्डलमार्फत सार्वजनिक गरेको हो ।











डिसी नेपाल








Facebook Comment