अन्तिम संस्कारको लागि तयार गरिँदै थियो ‘लाश’, अचानक युवतीले आँखा खोलिदिइन्
काठमाडौं। २० वर्षकी एक युवतीको अन्तिम संस्कारको तयारी भइरहेको थियो । त्यही बेला फ्युनरल होमका एक स्टाफले उनले आँखा खोलेको देखे । अहिले ती युवतीको अस्पतालमा उपचार भइरहेको छ र उनलाई भेन्टिलेटरमा राखिएको छ । डेलिमेलको रिपोर्टअनुसार एक विकलांग युवतीलाई आइतबार गल्तीवश मृत घोषित गरिएको थियो ।
घटना अमेरिकाको मिशिगनको हो । युवतीको नाम तिमुशा बिउच्याम्प हो । आइतबार बिहार परिवारले उनलाई घरमा बेहोस अवस्थामा पाएका थिए । परिवारले एम्बुलेन्स बोलाए । मेडिकल स्टाफ घरमा पुग्दा उनीहरुले युवतीको सास नचलेको पाए । युवतीको सास फेरि चलाउनको लागि सीपीआर लगायत गर्न सुरु गरियो ।
एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा पनि मेडिकल स्टाफले युवतीको सास चलाउन प्रयास गरे तर सकेनन् । नजिकैको अस्पतालमा पुर्याइएपछि डाक्टरले तस् युवतीलाई आधिकारिक रुपमा मृत घोषित गरिदिए । डाक्टरले नै मृत घोषित गरेपछि परिवारले उनलाई लिएर फ्युनरल होम पुगे । फ्युनरल होमका स्टाफ अन्तिम संस्कारको लागि युवतीको ‘शव’लाई तयार गर्दै थिए । तर यही बेला उनीहरुले युवती जीवित भएको र उनको सास चलिरहेको पाएका थिए ।







डिसी नेपाल








Facebook Comment