म्यानचेस्टर युनाइटेडका कप्तान हेरीलाई ग्रीसमा जेल सजाय र प्रतिबन्ध
काठमाडौं । इंग्ल्याण्ड फुटबल टिमका डिफेन्डर तथा म्यानचेस्टर युनाइटेडका कप्तान हेरी मग्वेरलाई ग्रीसमा कडा सजाय सुनाइएको छ। ग्रिसको एक अदालतले उनलाई कामदारमाथि हात उठाएको भन्दै दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
अदालतले उनलाई २१ महिना ग्रिस प्रवेशमा प्रतिबन्ध र १० दिनको जेल सजाय सुनाएको छ । अदालतका अनुसार हेरीले शारिरीक रुपमा असर हुने काम गरेको र हिंसा गर्न खोजेको आरोप लागेको छ।
२७ बर्षे डिफेन्डर नेशन्स लिगका लागि इंग्ल्याण्ड टिममा परेको केहि समयपछि ग्रिसको एक अदालतले आफ्नो फैसला सुनाएको हो । गत बिहिबार राति ग्रिसको एक आइल्याण्डमा भएको झगडामा हेरी पुलिसलाई हातपात गरेको निउमा पक्राउ परेका थिए । उनीसँगै उनका दाइ र अन्य एक जनालाई पुलिसले हिरासतमा लिएको थियो ।
अन्य दुइलाई १३ महिना जेल र तीन बर्ष ग्रिस आउनबाट प्रतिबन्ध लगाएको छ । तर तीनै जनाले आफुमाथि लागेको आरोपको खण्डन गरेका छन।
हेरीलाई बेलायत फर्कन अनुपति दिएपनि बाँकी दुई जनालाई मंगलबार कोर्टमा लगिएको थियो । जसमा हेरीका दाईलाई शारिरीक हिंसा गर्न खोजेको भन्दै दोषी देखाएको छ भने अर्का ब्यक्ति क्रिस्टोफर सरमनलाई बेइज्जत गरेको आरोप लगाएको छ ।







डिसी नेपाल








Facebook Comment