जमैकाको दोस्रो जित

डिसी नेपाल
१० भदौ २०७७ ११:२९

काठमाडौं । सीपीएल अन्तर्गत बुधवार बिहान भएको खेलमा जमैकाले गुयाना एमेजोन वरिर्यसलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको गुयानाको सुरुवात खासै राम्रो रहेन । खेलको पहिलो बलमै ब्रानडन किङलाई गुमाएको गुयानाको पारीमा रोस टेलर (२३), नविन उल हक अविजित (२०) र निकोलस पुरनले (१५) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेन । जमैका संगको यसअघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेको गुयान बुधवारको खेलमा निरीह रहदै २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो ।
जमैकाका लागि फेडिल ईडवाड्रस र मुजिब उर रहमानले समान ३–३ तथा सन्दिप लामिछाने र आन्द्रे रसलले समान एक एक विकेट लिए ।

जवाफि मैदानमा १०९ रन लक्ष्य लिएर आएको जमैकन टोलिले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । जमैकाका लागि नुक्रमाह वोनरले अविजित (३०), ओपनर ग्लिन फिलप्स (२६), जर्मिन ब्लायाकउड (२३) तथा आन्द्रे रसेलले अविजित २३ रनको योगदान दिए । गुयानका लागि नविन उल हकले (२) तथा ईमरान ताहिर, अस्मेद नेड र केमो पौलले समान १–१ विकेट लिए ।

खेलको म्यान अफ द म्यास जमैकाका मुजिब उर रहमान भए । यो जितसंगै जमैका अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । जमैकाको चार खेलमा समान २ जित र २ हारसंगै ४ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.