सुशान्त सिंह राजपुतको मृत्युः अनुसन्धानमा नयाँ खुलासा, के रिया लागूऔषध तस्कर थिइन् ?

डिसी नेपाल
१० भदौ २०७७ २०:१५
4
Shares

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानको क्रममा लागूऔषधको कोण अगाडि आएदेखि कैयौं समीकरण बदलिएका छन् । नेपोटिज्मदेखि डिप्रेसनसम्म पुगेको केसमा ड्रग्सको विषयले प्रवेश पाएसँगै केस झनै अल्झिएको छ । अब यो केसको अनुसन्धानमा लागूऔषधसम्बन्धी जाँच गर्ने एजेन्सी नारकोटिक्स कन्ट्रोल ब्यूरोले थप अनुसन्धान गर्ने भएको छ ।

पछिल्लो रिपोर्टअनुसार यस विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले एक बैठक बोलाएको छ । बैठकमा रियामाथि लागेका आरोपको लागूऔषधको कोणबाट जाँच गर्ने निर्णय भएको छ । ड्रग्सको एंगलमा कैयौं पक्ष छन् जसको अब अनुसन्धान हुनेछ । सबैभन्दा मुख्य कुरा अब यो बुझ्ने कोसिस गरिने छ कि रिया कुन कुन लागूऔषध तस्करको सम्पर्कमा थिइन् । रियाले कहिले र कहाँ पार्टी गरेकी थिइन् ? उनी कुन कुन होटलमा गएकी थिइन् र कति पटक उनले यात्रा गरेकी थिइन् ।

यी सबै प्रश्नको जवाफ खोज्दै रियाका साथीहरुसँग पनि सोधपुछ गरिनेछ । रिया, उनका भाइ सोभिक र जया साहाको कल डिटे पनि पूरै जाँच गरिनेछ । उनीहरु एक अर्काको सम्पर्कमा कति थिए र कहिले के विषयमा कुरा भएको थियो भन्ने पनि जाँच गरिनेछ । रिपोर्टअनुसार मुम्बइ र पुणे पुलिसले विगत २ वर्षमा गिरफ्तार गरेका सबै ड्रग्स तस्करहरुसँग पनि सोधपुछ गरिनेछ । सीबीआइले मुम्बइका कैयौं पार्टीहरुलाई पनि निशाना बनाएको छ जसबाट यहाँका कैयौं ड्रग्स सिण्डिकेट एक्सपोज हुनेछन् । पछिल्लो समय ड्रग् डिलर अयाश खानको नाम पनि अगाडि आइरहेको छ । यसले रियाको ड्रग्स डिलरसँग सम्बन्धको पूरै खोजतनास गर्ने देखाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.