पहिराले ६२ घर जोखिममा

डिसी नेपाल
१० भदौ २०७७ २२:०२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए ।

पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथी सुन्दरडाँडा गाँउ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् ।

बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए । स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष थापाले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.