सुशान्तको घर छाड्नुअघि रियाले ८ वटा हार्ड डिस्कको डाटा डिलिट गराएकी थिइन्
मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको घर छाड्नुभन्दा पहिले रियाले आइटी प्रोफेशनल बोलाएर ८ वटा हार्ड डिस्कको डाटा डिलिट गराएको खुलेको छ । सिद्धार्थका रुम पार्टनर रहेका सिद्धार्थ पिठानीले सीबीआइको सोधपुछमा यस्तो खुलासा गेका हुन् । उता सुशान्तको परिवारका वकिल विकास सिंहले यदि डाटा डिलिट गराएको कुरा सही भए सुशान्तको हत्याको षड्यन्त्र भएको प्रस्ट भएको बताएका छन् ।
रिपोर्टका अनुसार पिठानीले डाटा डिलिट गराउँदा त्यहाँ सुशान्त पनि भएको र उनलाई यसमा कुनै आपत्ति नभएको बताएका छन् । पिठानीले हार्ड डिस्कमा के थियो भन्ने भने बताएनन् । अब सीबीआइले हार्ड डिस्कमा के थियो भन्ने पत्ता लगाउनेछ । रियाले ८ जूनमा सुशान्तको घर छाडेकी थिइन् । ८ जूनको रातमा रियाले आफ्ना भाइ शोभिकलाई पनि सुशान्तको घरमा बोलाएका थिए । त्यसपछि दुवैले ३ सुटकेसमा सामान प्याक गरेर रिया सुशान्तको फ्ल्याट छोडेर गएकी थिइन् ।
यसको पुष्टि बिल्डिङका वाचम्यानले पनि गरेका छन् । उनलाई बुधबार सीबीआइले सोधपुछका लागि बोलाएको थियो । डिलिट गराइएको डाटामा रिया र सुशान्तको व्यक्तिगत भिडियो र फोटो हुन सक्ने बताइएको छ यद्यपि यसको पुष्टि भएको छैन । रियामाथि एक्सटोर्सन डिपार्टमेन्ट, सीबीआइपछि अब नारकोटिक्स कन्ट्रोल ब्यूरोले पनि मुद्दा दर्ता गरेको छ । रियासहित ५ जनाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा पनि दर्ता गराएको हो ।







डिसी नेपाल








Facebook Comment