अनुष्का शर्मा गर्भवती ! कहिले जन्मिँदैछ सन्तान ?

डिसी नेपाल
११ भदौ २०७७ १२:२७

मुम्बइ। बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवती छिन् । अनुष्काले बिहीबार आफ्ना पति भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीसँग एक तस्वीर पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । अनुष्काले ट्वीट गर्दै आफूहरु दुईबाट तीन हुन लागेको बताएकी छिन् । उनले यो जानकारी दिएसँगै बधाइको सिलसिला सुरु भएको छ ।

फोटोमा अनुष्काको बढेको पेट प्रस्ट देखिएको छ । ट्वीटमा अनुष्काले आफू जनवरी २०२१ मा आमा बन्न लागेको जानकारी दिएकी छिन् । अनुष्का र विराटको बिहे डिसेम्बर २०१७ मा भएको थियो । पछिल्लो समय २०१८ मा शाहरुख खानको फिल्म जीरोमा काम गरेपछि अनुष्का फिल्ममा देखिएकी छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.