नायक पुष्प अभिनित ‘म सास बन्न पाएँ’ बोलको गीत सार्वजनिक [भिडियाे]

डिसी नेपाल
११ भदौ २०७७ १५:२१

काठमाडौं । गायक नरेश रेग्मीले ‘म सास बन्न पाएँ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक पुष्प खड्का र एलिजा गौतम फिचर्ड छन् ।

भिडियोमा उनीहरुको क्यमेस्ट्री गज्ब्बको देखिएको छ । यी दुइको जोडी पहिलो पटक भिडियोमा देखिएको हो । गीतको म्युजिकलाई लिएर गाएक रेग्मी बिस्वस्त देखिन्छन् । उनि भन्छन, ‘हाम्रो प्रयासलाई दर्शक स्रोताहरुले रुचाउनुहुनेछ भन्ने आश राखेको छु ।’

हाल अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले नेपाल रहदा थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् । रोमान्टिक शैलीको गीतमा शब्द संगीत भने बसन्त सापकोटाको सुन्न सकिन्छ ।

शिव बिकले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन, सुरेश काफ्लेको ड्रोन, पारु अधिकारीको ड्रेस समावेस छ । गीतलाई एनआर क्रिएसनले बजारमा ल्याएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.