एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडिओ सार्वजनिक
काठमाडौं। चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडिओ सार्वजनिक गरिएको छ। नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको रहेको छ।
म्युजिक एरेन्जर सञ्जिव बराईली हुन्। पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो। भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिव बिकको रहेको छ।
लकडाउनकै अवधिमा यसअघि एलिजा अभिनित आधी कपाल गीतको भिडिओपनि सर्वाधिक रुचाईएको थियो। भिडिओमा नायक खड्का र नायिका गौतमको जोडी जमेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment