कोभिड–१९ को फोकल पर्सनमा महेन्द्र श्रेष्ठ

डिसी नेपाल
११ भदौ २०७७ १७:४४

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रुपमा तोकेका हुन् ।

यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए । उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.