ईङल्यान्ड र पाकिस्तानबीच दोस्रो टि–२० खेल आज
काठमाडौं । ईङल्यान्ड र पाकिस्तानबीच जारी ३ खेलको टि–२० सिरीज अन्तर्गत आज दोस्रो खेल हुदैछ । ईङल्यान्डको म्यान्चेस्टरमा हुने खेल नेपाली समय अनुसार साझँ ७ बजे सुरु हुनेछ । यसअघि शुक्रवार भएको पहिलो खेल बर्षाको कारण नतिजा बिहिन भएको थियो । पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ईङल्यान्डले बर्षाको कारण खेल रोकिनु अघि १६.१ ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको थियो । ईङल्यान्डका लागि टोम बान्टोनले ४२ बलमा ५ चौंका र ४ छक्काको मद्दतमा सर्वाधिक ७१ रन बनाएका थिए । अन्य खेलाडीहरुमा ईङल्यान्डका डेविड मरन (२३), कप्तान इयोन मोर्गन (१४), मोइन अली (८), लेविस जर्जि र जोनी ब्रिस्टोले समान २–२ तथा सेम विलिङस र क्रिस जोर्डनले अविजित ३–२ रन बनाएका थिए ।
पाकिस्तानका लागि बलिङमा इमाद वासिम र शादब खानले समान २–२ तथा ईफ्तिखार अहमदले १ विकेट लिएका थिए । पाकिस्तान अन्य बलरहरु हशिर रौफ, मोहम्मद अमिर र शाहिन अफ्रीदिले बलिङ गरेर रन खर्चे पनि विकेट लिन सकेनन ।
टि–२० विश्व वरियतामा दोस्रो स्थानमा रहेको ईङल्यान्डलाई आफ्नो स्थान बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ । टोलीमा बेन स्टोक्स, जो रुट र जस बटलर नहुदा पनि कागजी रुपमा ईङल्यान्ड बलियो रहेको छ ।







डिसी नेपाल








Facebook Comment