महिलाले दाइजोमा पाएकी थिइन् एके–४७ राइफल, पैसाको अभाव भएपछि बेच्नुपर्‍यो

डिसी नेपाल
१५ भदौ २०७७ ९:५२
16
Shares

काठमाडौं। एक महिलाले आफ्नो बिहेमा दाइजोको रुपमा पाएको एके–४७ राइफल पैसामो अभाव भएपछि बेच्नुपरेको छ । जर्मनीकी यी महिला आतंकवादी संगठन इस्लामिक स्टेटमा सहभागी भएकी थिइन् । जर्मनीका संघीय अभियोजकहरुले बिहीबार एक बयानमा भनेका छन् कि जेनप जी नामकी ती महिलालाई विदेशी आतंकवादी संगठनका गतिविधिमा भाग लिएको, हतियार नियन्त्रण कानुनको उल्लंघन गरेको र युद्ध अपराध गरी तीन आरोपमा दोषी ठहर गरिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार जमनीकी ती महिलामाथि सेप्टेम्बर वा अक्टोबर २०१४ मा सिरियाको यात्रा गरेको आरोप छ । त्यहाँ उनले कुनै चेचन लडाकूसँग विवाह गरेकी थिइन् । पतिको मृत्यु भएपछि उनले जर्मन आइएस सदस्यसँग दोस्रो बिहे गरेकी थिइन् र रक्काको गढ गएकी थिइन । त्यहाँ उनले कैयौं आतंकवादी गतिविधिहरुमा भाग लिएकी थिइन् ।

जर्मन अभियोजकहरुका अनुसार ती महिलालाई एके ४७ राइफल बिहेमा उपहारको रुपमा दिइएको थियो । उनलाई राइफल चलाउने पनि खास प्रशिक्षण दिइएको थियो । कैयौं हप्तापछि ती महिलालाई पैसाको अभावको कारण त्यो राइफल बेच्नुपरेको थियो । राइफल उनले कसलाई र कति मूल्यमा बेचिन् भन्ने कुराको अझै खुलासा भएको छैन ।

जर्मन अभियोजकहरुका अनुसार महिलाका दोस्रो पतिको मृत्यु सन् २०१७ मा भएको थियो । त्यसको २ वर्षपछि ती महिलालाई कुर्द लडाकूहरुले पक्राउ गरेका थिए तर उनी भाग्न सफल भइन् । उनलाई फेब्रुअरीमा टर्कीमा हिरासतमा लिइएको थियो र मेमा जर्मनी फर्किएपछि उनलाई पक्राउ गरिएको थियो । जर्मनीमै उनीविरुद्ध मुद्दा चलिरहेको छ । जर्मन सुरक्षा एजेन्सीले महिलाबाट कैयौं अहम जानकारी जुटाइएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.