सुरेश रैना खेल छोडेर फर्किएपछि जंगिए चेन्नइ सुपर किंग्सका अध्यक्ष
काठमाडौं। आइपिएल टिम चेन्नइ सुपर किंग्सका अध्यक्ष एन श्रीनिवासनले आफ्ना खेलाडी सुरेश रैनालाई लक्षित गर्दै आक्रामक चेतावनी दिएका छन् । श्रीनिवासनले रैनालाई लक्षित गर्दै भने ‘उनले छिटै बुझ्नेछन् कि उनले के कति गुमाएका छन् । खासगरी पैसा । सुरेश रैना निजी कारण देखाउँदै आइपिएल छाडेर भारत फर्किएका थिए ।
श्रीनिवासले आउटलुकलाई दिएको अन्तरवार्तामा भने ‘सिजन अहिले सुरु पनि भएको छैन र रैनाले छिटै थाहा पाउनेछन् कि उनले के कति गुमाएका छन् । खासगरी पैसा जो उनले पाउँछन् । सुरेश रैनाले यस सिजन ११ करोड पाउने तय थियो । मेरो मान्यता हो कि तपाई कुनै कुरामा अडिग हुनुहुन्छ र खुसी हुनुहुन्न भने तपाई जान सक्नुहुन्छ । मैले कसैलाई पनि केही गर्न बाध्य बनाउँदिन । कहिलेकाहीँ सफलता व्यक्तिको टाउकोमा चढेर बोल्छ ।’







डिसी नेपाल








Facebook Comment