शेयर बजारमा उत्साह, निर्जीवन बीमाका लगानीकर्ता मालामाल
काठमाडौं। निषेधाज्ञाका कारण देशका अधिकांश उद्योग, व्यापार तथा व्यवसाय ठप्प भए पनि शेयर बजारमा भने उत्साह छाएको छ। अन्य क्षेत्रका व्यवसायी तथा लगानीकर्ताहरु शेयर बजारमा आउँदा निषेधाज्ञायता शेयर बजार दिनहुँ उकालो लागिरहेको हो।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.४० अंकले बढेर १४८४.०७ विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। सोमबार १८८ कम्पनीका ६९ लाख ८१ हजार कित्ता शेयर किनबेच भई ३ अर्व ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सरकारले अघिल्लो पटक लकडाउन घोषणा गरेको अवधिमा शेयर बजार बन्द गरिएको थियो। यसपटक निषेधाज्ञाको अवधिम ाभने बजार नियमित रुपमा संचालन भइरहेको छ।
लगानीकर्ताहरुले अनलाईनमार्फत शेयर किनबेच गरिरहेका छन्।
पछिल्लो समयमा अन्य क्षेत्रका लगानीकर्ता पनि शेयर बजारमा आएको र बैंकिङ प्रणालीमा तरलता उच्च भई व्याजदर घट्दा बजार उकालो लागेको विश्लेषण गरिएको छ।
सोमबार नेप्सेसँगै बजारमा कारोबार भएका समुहगत परिसूचक पनि बढेका छन्। सबैभन्दा बढि निर्जीवन बीमा कम्पनी समूह २५६.८८ अंकले बढेको छ।
यसैगरी बैंकिङ ४.८६, व्यापार २३.४, विकास बैंक ८.०५, हाइड्रोपावर २७.९६, फाइनान्स २.५९, उत्पादनमूलक ६८.९९, अन्य ३६.१, लघुवित्त १०.६८, लाईफ इस्योरेन्स २२९.६९ र म्युचुअल फण्ड ०.०८ अंकले बढेको छ।
सोमबार ओरालो लागेको एकमात्र समुह होटल ४.०२ अंकले घटेको छ।







डिसी नेपाल








Facebook Comment