पिसिआर मेसिनका लागि मोबाइलमा एसएमएस पठाएर दबाब
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाभित्रै कोरोना परिक्षणको व्यवस्थापनका लागि युवाको समूहले जनप्रतिनिधिसहित मन्त्रीसमक्ष दबाब सृजना गरेका छन् ।
युवाहरुले पिसिआर मेसिन जिल्लामा कहिले आउछ ? भनि उल्लेख गरिएको सन्देश जनप्रतिनिधिको मोबाइलमा एसएमएस पठाएर दबाब सृजना गरेका हुन् । यसरी एसएमएस पठाइएका व्यक्तिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, प्रदेश न. ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कडेँललगायत रहेका छन् ।
करीब दुई सय युवाले एकै साथ कोरोना घर घरमा आइसक्यो, हजुरले पिसिर मेसिन कहिले ल्याउनुहुन्छ भनेर उल्लेख गरिएको सन्देश एसएमएसमार्फत जनप्रतिनिधिलाई पठाएका हुन । यसैगरी एसएमएस पठाइएका अन्यमा प्रदेशसभा सदस्य, जिल्लास्थित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित अन्य सरोकारवालासमेत रहेका छन् ।







डिसी नेपाल







Facebook Comment