जोकोभिचलाई वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि
काठमाडौं । वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि विश्व च्याम्पियन नोभाक जोकोभिचले जितेका छन् ।
शीर्ष स्थानका जोकोभिचले क्यानडाका मिलोस राओनिचलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सेटमा ६–१ ले सहजै पराजित भएका जोकोभिचले दोस्रो सेटमा ६–३ को जित निकाल्दै खेल बराबरीमा पुर्याए ।
अन्तिम तथा निर्णायक सेट पनि ६–४ ले जिते । यो उपाधि जित्दा जोकोभिचको एटीपी मास्टर्सको उपाधि सख्या एक हजार पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment