अर्जेन्टिनी राष्ट्रपतिद्वारा मेस्सीलाई देश फर्कन आह्वान

डिसी नेपाल
१५ भदौ २०७७ २१:२८

काठमाडौं । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फार्नान्डिजले लियोनल मेस्सीलाई आफ्नो देश फर्कन आह्वान गरेका छन ।

अर्जेन्टिनी राष्ट्रपतिले मेस्सीलाई आफ्ना देश फर्कन आग्रह गर्दै नेवेल्स ओल्ड ब्वायजबाट आफ्नो खेल करियर सक्न अनुरोध गरुेका हुन ।

मेस्सीको भविष्य पछिल्लो केही सातायता अनिश्चित बनेको छ । उनले बार्सिलोना छाड्ने निर्णय गरेसंगै उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ ।

मेस्सीको नाउ क्याम्पसंग विवाद बढ्ने संकेत देखिएको छ । ला लिगाले भर्खरैमात्र मेस्सीलाई निशुल्क सरुवाको अनुमती दिन नसकिने बताएको छ । बार्सिलोनाले मेस्सी अनुबन्धनका लागि कुनैपनि क्लबले ७ सय मिलियनको रिलिज क्लज तिर्नुपर्ने बताएको छ ।

युरोपेली क्लब फुटबलका धनी क्लबहरु मेस्सी अनुबन्धनका लागि इच्छुक छन् । तर प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी मेस्सी अनुबन्धनको दौडमा अघि छ । सिटीसंगै पीएसजी, इन्टर मिलान र युभेन्ट्स समेत मेस्सी अनुबन्धनमा इच्छुक देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.