‘भारतले गलवान घाटीको झडपबाट पाठ सिकेन, भारतमा १९६२ मा भन्दा धेरै विनाश हुन्छ’

डिसी नेपाल
१६ भदौ २०७७ ११:३४
16
Shares

काठमाडौं। भारत र चीनबीच पेगोंग तालमा भएको झडपपछि चीनले भारतलाई आफूसँग प्रतिस्पर्धामा नउत्रिन चेतावनी दिएको छ । चीनले आफूसँग प्रतिस्पर्धामा उत्रिए चीनको जनमुक्ति सेना भारतलाई अतीतमा भन्दै धेरै क्षति पुर्याउन सक्षम रहेको बताएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भारतीय सेनाले नै पहिले विध्वंशक कदम उठाएको र भारतले नै पहिले संघर्ष सुरु गरेको भन्दै आफ्नो घरेलु समस्याबाट ध्यान मोड्न चीनसँग संघर्षमा उत्रिएको बताएको छ ।

ग्लोबल टाइम्सले लेखेको छ ‘भारत आफ्नो घरेलु समस्यासँग जुधिरहेको छ । कोरोनाभाइरसको स्थिति नियन्त्रण बाहिर छ । आइतबार भारतमा कोरोनाभाइरस संक्रमणका नयाँ केस ७८ हजार पुगेका छन् । अर्थव्यवस्थाको स्थिति पनि खराब छ । सीमामा उक्साउने गतिविधिहरु गरेर भारत आफ्ना घरेलु समस्याबाट ध्यान मोड्न चाहन्छ ।’

भारतले शक्तिशाली चीनको सामना गरिरहेको कुरालाई ध्यान दिनु जरुरी रहेको बताउँदै ग्लोबल टाइम्सले पिपुल्स लिबरेशन आर्मी देशको एक–एक इन्च जमिनको सुरक्षा गर्न पयाृप्त रहेको बताएको छ । चीन दािण पश्चिम सीमा क्षेत्रमा बलियो भएको र कुनै पनि स्थितिको लागि तयार रहेको बताउँदै ग्लोबल टाइम्सले भारतले सह अस्तित्व चाहेमा स्वागत गर्ने र भारतले कुनै किसिमको चुनौती दिएमा चीनसँग भारतसँग भन्दा धेरै हतियार र क्षमता भएको प्रस्ट पारेको छ ।

ग्लोबल टाइम्सले अगाडि लेखेको छ ‘यदि भारतले सैन्य क्षमता प्रदर्शन गर्छ भने पिएलएले भारतीय सेनालाई १९६२ मा भन्दा धेरै नोक्सानी पुर्याउनेछ ।’ पछिल्लो संघर्षले भारतले गलवान घाटीमा भएको संघर्षबाट पाठ नसिकेको देखिएको बताउँदै उसले २०१७ मा डोकलाम संघर्षपछि चीन र भारतबीच तनावपूण स्थिति बनेको र यही स्थिति रहेमा सीमामा साना ठूला संकट सामान्य हुने र यसको लागि दुवै देश तयार रहनुपर्ने चेतावनी दिएको छ । चीन भारतभन्दा कैयौं गुणा शक्तिशाली भएको र दुई देशबीच कुनै तुलना नभएको बताउँदै चीनले भारतको भ्रम अन्त्य गर्नुपर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.